रौतहटमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु एक घाइते
रौतहट | पुस ८, २०७९
रौतहट: रौतहटको गुजरा नगरपालिका–९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक गुजरा–१ मनहर्वाका ३२ वर्षीय तुफानी माझी रहेका छन्। उनको उपचारका क्रममा चन्द्रपुर अस्पताल प्रालिमा मृत्यु भएको हो।
सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २० वर्षीय सजकी माझीको सोही अस्पतालमा नै उपचार भैरहेको छ।
गएराति साढे १ बजे तुफानीले चलाएको ना ४० प ५०३० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी चौकी सिमराभवानिपुरले जानकारी दिएको छ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

